Thursday 2nd July 2026

फेसबुकमा चिनेकी महिलालाई कम्बोडिया पुर्‍याएर बेचेको आरोपमा पक्राउ


फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्‍याएर विक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्सन तथा व्यापारको काममा एक लाख रुपैयाँ मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ ।

उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौंबाट काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, गाैहाटी हुँदै मनिपुर पुर्‍याएका थिए । त्यसपछि पैदल नै म्यान्मारको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पुर्‍याएको खुल्न आएको प्रहरीको मानव बेखबिखन ब्युरोले जनाएको छ ।

उनीहरूले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनि झुक्याएर यौन शोषण गर्ने गरी बेचबिखन गरेको भन्ने पीडितको जाहेरीका आधारमा ब्युरोले फरार रहेका उनलाई पक्राउ गरेको हो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनसुन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिए ।

-राससको यो समाचार नयाँपेजबाट लिइएको हो ।

 


सम्बन्धित शीर्षकहरु

जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका…

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

१५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको…

प्रतिकृयाहरू
...