Thursday 2nd July 2026

अभिनेत्री जेनी कुँवर अपार्टमेन्टमा मृत फेला


नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन्। काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनले बिहिबार राति आत्महत्या गरेको प्रहरीले जनाएको छ।‘उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो।

प्रारम्भीक अनुसन्धानमा आत्महत्या गरेको खुलेको छ’, महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिए। उनी सनराइज सिटीको अपार्टमेन्टमै बस्दै आएकी थिइन्।निर्मात्री समेत रहेकी उनले ‘जिन्दगानी’ मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका फिल्ममा अभिनय गरेकी थिइन्।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका…

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

१५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको…

प्रतिकृयाहरू
...