Friday 15th May 2026

अायुष्मानसँगको इन्गेज्मन्ट पछिको प्रियंकाको बोल्ड फोटोसुट


तितोपाटी – नायिका प्रियंका कार्की बोल्ड छवि बनाउन सफल छिन् । प्रियंकाआफूलाई विन्दास शैलीमा प्रस्तुत पनि गर्छिन् । सायद, यही कारणले हुनसक्छ प्रियंकाको चर्चा खुबै हुनेगर्छ ।

पछिल्लो दिन नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेपछि नायिका कार्कीको चर्चा झनै चुलिएको छ । प्रेम सम्बन्धमा रहेको यो जोडीले आफूहरुलाई अझै नजिक बनाएपछि चर्चा पाएको हो । अर्को बर्ष यो जोडीले बिहे गर्दैछ ।

उनै, नायिका कार्की एक सौन्दर्य प्रतियोगीताको कोरियोग्राफरको रुपमा अहिले अमेरिकामा छिन् । तर, अमेरिकामा पुगेपनि उनले आफूलाई बोल्ड रुपमा प्रस्तुत गर्न भने छाडेकी छैनन् । स्विमिङ पूलमा नायिका कार्कीको बोल्ड छवि झल्किएको छ ।

उनले, अनलाइनखबरलाई उपलब्ध गराएको केही तस्बिरमा उनी स्विमसुटमा छिन् । इन्गेजमेन्टका कारण हो या किन हो, उनी खुलेकी छिन् र मुस्कुराएकी छिन् ।

प्रियंकाले इन्गेजेमन्टपछि पनि आफ्नो बोल्ड छवि नबदलिएको छनक यी तस्बिरबाट गराएकी छिन् ।


सम्बन्धित शीर्षकहरु

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

प्रतिकृयाहरू
...