Tuesday 13th October 2026

रामराजा के.सी. को झरना – ३


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म“

१. भोली आउला दुःख भनेर
आज नबस तारा गनेर ।

२. दुःख त आउँछ जान्छ
संघर्ष गर्नेले सुख पाउँछ ।

३. कुण्ठाले फुँडो बनाउँछ
चिन्ताले बुढो बनाउँछ ।

४. चिन्ताले मनमा बनाउँछ सुल
त्यसैले बसौं कुल कुल ।

५. फाइदा छैन केही चिन्ता लिनाले
सफल त जिन्दगी सहयोग दिनाले ।

६. आज आएको चिन्ताको लहरा
भोलीको अनुभवको फहरा ।

७. फूल फुलाउन हाँस
चिन्ताले आफूलाई नास ।

८. शत्रुलाई रुवाउन जान
चिन्तालाई हटाउन मान ।

९. विपत्ति भोली नआउन पनि सक्छ
आज चिन्ता लिनाले निद्रा सबै भाग्छ ।

१० . सोच त हिजो , रमाइलो थियो
नहुने चिन्ता आज किन लियो????

रामराजा के.सी., फर्पङ, काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...