Monday 15th September 2025

दामोदर ढकाल “दीपक”को गीतल


गीतल

###

ओठभरि लाली रैछ बानी लज्जालु ।
बग्न थाल्यो झरनामा पानी लज्जालु ।

फूलबारीमा फूलसँग सुवास चल्दैछ
मस्त थिएँ सुगन्धको खानी लज्जालु ।

हराएथेँ बास्नासँगै फुलको बाटिकामा
भ्रमरालाई चुम्न दिने दानी लल्जालु ।

मायाप्रेमको प्राक्टिकल सित्तै सिकाउने
लभगुरू शिक्षिका लौ ज्ञानी लज्जालु ।

पढेपछि रिजल्ट आँउछ पास फेलको
मलाई पास गराउने सानी लज्जालु ।

दामोदर ढकाल “दीपक“
भोजपुर


सम्बन्धित शीर्षकहरु

खाडी सहयोग परिषद् (#GCC) देशहरूले #फिलिपिन्स सरकारले आफ्नो घरेलु कामदारहरूको तैनाथीको सम्बन्धमा घोषणा गरेको नयाँ आवश्यकताहरूप्रति चिन्ता व्यक्त गरेका छन्,…

पछिल्लो दुई दिनदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भिडियो सन्देश पाकिस्तानको सामाजिक सञ्जालमा चर्चामा छ, जसमा उनले पाकिस्तान र ओसामा बिन…

संसद् विघटनको निर्णयलाई लिएर नेपाली राजनीति फेरि तनावपूर्ण बनेको छ। प्रमुख दलहरू नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले…

प्रतिकृयाहरू
...