Tuesday 13th October 2026

दामोदर ढकाल “दीपक”को गीतल


गीतल

###

ओठभरि लाली रैछ बानी लज्जालु ।
बग्न थाल्यो झरनामा पानी लज्जालु ।

फूलबारीमा फूलसँग सुवास चल्दैछ
मस्त थिएँ सुगन्धको खानी लज्जालु ।

हराएथेँ बास्नासँगै फुलको बाटिकामा
भ्रमरालाई चुम्न दिने दानी लल्जालु ।

मायाप्रेमको प्राक्टिकल सित्तै सिकाउने
लभगुरू शिक्षिका लौ ज्ञानी लज्जालु ।

पढेपछि रिजल्ट आँउछ पास फेलको
मलाई पास गराउने सानी लज्जालु ।

दामोदर ढकाल “दीपक“
भोजपुर


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...