Thursday 17th September 2026

नदी किनारका बासिन्दालाई सचेत रहन रौतहट प्रशासनको आग्रह


तीतोपाटी डटकम -जिल्ला प्रशासन कार्यलय रौतहटले बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बागमतीको पानीको सतह उच्च बिन्दुमा पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन् ।

गएराति परेको मुसल्धारे वर्षासँगै बागमती र लालबकैया नदीमा पानीको सतह बढदै गएको हो । बागमती र लालाबकैया नदीमा आउँदा वर्षेनी जिल्ला सदरमुकाम गौर लगायतका स्थान डुबानमा पर्ने गरेका छन् ।

रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...