Wednesday 17th June 2026

स्रष्टा ‘हृदयङकृत’ का धान दिवस विशेष उदकहरू



धान
असार पन्ध्र
दहि चिउरे मन्त्र !


भेट
असारको दिन
धान रोप्ने क्षण !


समय
मुठी रोपी
मुरी उब्जाउने भए !


खेत
फलाएर धान
किसानले पाल्दै ज्यान !


धान
छोपेर भल
फलाउँदै परिश्रमी फल !


बिऊ
रोपेर भन्नु
दही चिउरे नबन्नु !


नेपाल
अनेकौं भेष
कृषि प्रधान देश !


किसान
माटाको निशान
बन्दै संसारकै महान !


कृषक
अन्नका दाता
नगदी बैंकको खाता !

१०
उमारी
फलाएर अन्न
रुचाउने किसान भन्न !

– पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती-३, काभ्रे


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...