१
धान
असार पन्ध्र
दहि चिउरे मन्त्र !
२
भेट
असारको दिन
धान रोप्ने क्षण !
३
समय
मुठी रोपी
मुरी उब्जाउने भए !
४
खेत
फलाएर धान
किसानले पाल्दै ज्यान !
५
धान
छोपेर भल
फलाउँदै परिश्रमी फल !
६
बिऊ
रोपेर भन्नु
दही चिउरे नबन्नु !
७
नेपाल
अनेकौं भेष
कृषि प्रधान देश !
८
किसान
माटाको निशान
बन्दै संसारकै महान !
९
कृषक
अन्नका दाता
नगदी बैंकको खाता !
१०
उमारी
फलाएर अन्न
रुचाउने किसान भन्न !
– पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती-३, काभ्रे