Tuesday 13th October 2026

इन्द्र बोन्तावा ‘देवा’ को रचना “नाैलो यात्रा”


नौलो यात्रा

हावासरि उडिरहेछ मन सकिन बाध्न मैले ,
कपुर झै बिलाइरहेछ जिन्दगी अन्त हुने कैले ।

उराठ जिन्दगीमा रसरङ्ग अाउने मेरो कैले ,
मनको फुलबारीमा रिम्झिम वर्षा हुने कैले ।

जिन्दगीभरी संघर्ष गरें सफल हुने कैले ,
लक्षबिन्दुमा पुग्ने उदेश्य पूरा हुने कैले ।

भावनाको सागर माझ बाटो हरायो पहिले ,
लुप्त भएछ मानवीय चेतना थाहा पाए अहिले ।

थाल्नुछ यात्रा नौलो कस्नुछ कम्मर मैले ,
बाल्छु ज्योति ज्ञानको, बनाउछु सार्थक मैले ।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...