Wednesday 24th December 2025

ज्ञानेन्द्ररत्न वज्राचार्यको झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

झरना = १० झर

जिन्दगीको खुला कागजमा कहिल्यै केरमेट नगर ।
गन्तव्यमा पुग्नका लागि सधैं सुन्दर चित्र कोर्ने गर । १ ।

आखिर कोरोना बन्दको उर्दी खै को कसलाई ?
टेर्ने पालनकर्ता जबरजस्त त्यही सोझासिधालाई । २ ।

छाक टार्नका लागि मात्र जिउने हो र जिन्दगी !
मान, मर्यादा, प्रतिस्ठा, ईज्जत र सम्मान पनि हो जिन्दगी । ३ ।

मात्र कुकर्म नगर्नु नगराउँनु किन दुःख निम्त्याउनु ।
कुसल कर्म गर्नु गराउनु सुख सदा सर्वदा ब्युँताउँनु । ४ ।

भूकम्प, चाडपर्व र कोरोनाले गाउँ भगाउँदो रहेछ ।
आखिर बुझ्नु पर्छ सबैले जन्मभूमि प्यारो हुँदोरहेछ । ५ ।

जिन्दगी छाल भो जहिले नि जनता भुमरीमा
हात्ती कत्ति आए गए कुर्सी कै लुछाचुडिमा । ६ ।

सार्वभौम सम्पन्न कसैको गुलाम नभएको देश
हैनरैछ आङ्कलन रिमोट चलाउने परदेश । ७ ।

विचौलियाले मजदुरको मेहनतको पसिना काटिन्छ ।
उपभोक्तासम्म वस्तु आउँदा बजार भाउ आकासिन्छ । ८ ।

जे गरे नि सुख छैन दुःखै दुःखको भुमरीमा
नेता गतिलो नभए पछि जनता सधैं दुर्दशामा । ९ ।

माटो सुहाउँदो राजनीति कहिल्यै भएन ।
राज नेता भन्न लायक कोही जन्मिएन । १०।

ज्ञानेन्द्ररत्न वज्राचार्य, काठमाडौं ।
इमेलः [email protected]


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...