Friday 23rd October 2026

कुवेतबाट लाश पठाउन ३८५ केडी आर्थिक सहयोग उठाइयो


हरि कृष्ण न्यौपाने-बुद्दशान्ती-७,धारागोला भ्यूटावर झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत मुना राइको शब पठाउन आर्थिक सहयोग संकलन गरिएको छ।२० मेई,२०२१का दिन हृदयघातको कारण मृत्‍यु भएकी मुना राइको शब जुन-१४,२०२१ सोमबार कतार हुँदै नेपाल पठाइयो।

झापाली समाज कुवेतका उपाध्यक्ष राजु धिमालको सकृयातामा मृतक राइको शब पठाउन लाग्ने शुल्क ३८५ केडी (नेरु करिब १ लाख ४७ हजार) सहयोग संकलन गरी नेपाली राजदूतबासमा बुझाईएको हो।तीतोपाटी डटकम संग धिमाल भन्छन”भारतिय बाटो हुँदै श्रम नगरी कुवेत आएको र केही समय देखी अबैधानिक रुपमा भागेर काम गर्दै आएकी मुना राइको मृत्‍यु भए पछी उनको शब पठाउन नेपाल सरकारको कुनै निकायले आर्थिक सहयोग नगर्ने भएकोले हामीले हातेमालो गरी आर्थिक सहयोग संकलन गरेका हौं।”उनी थप्छन सके सम्म श्रम नगरि सेटिङ मार्फत अबैधानिक तरिकाबाट वा भिजिट भिसामा बिदेश नजान हामी सबैमा अनुरोध गर्दछौ। साथै आफ्नो स्पोन्सर वा कम्पनीबाट भागेर काम गर्दा झन जटिल समस्याहरु आउछन र श्रमिकलाई समस्या पर्दा कसैले पनि समस्या समाधानमा साथ दिदैनन।त्यसैले भागेर वा लुकेर अबैधानिक भई काम नगर्न सबैले सबैलाई सुचित गरौ।”

मृतक मुना राइको शब नेपाल पुर्याउन सहयोग गर्ने सहयोगिहरुको विवरण यस प्रकार छ:-

NRNA कुवेतको पहलमा:४९ केडी
प्रेमा कुलुङ राईको पहलमा :१२.५००केडी
लाक्पा लामाको पहलमा =८.७५० केडी
बिमल कार्कीबाट =५ केडी
बिकासबाट =५ केडी
आशिश लिम्बुबाट =५ केडी
धन बहादुरबाट =५ केडी
तुलसी लिम्बुको पहलमा=२५ केडी
राजु धिमाल र तुलसी लिम्बुको पहलमा=२७० केडी
जम्मा उठेको रकम-३८५.२५० केडी


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...