Monday 10th August 2026

सुरेश वैद्यको गजल संग्रह – १


गजल
=========
न आउ ए यादहरू यसरी घरीघरी ।
किन जान्छौ निदलाई आँखा तरीतरी ।।

म त भुल्न चाहन्छु सबै अतितलाई
किन घुम्छौ सम्झना बनि मेरो वरिपरी।।

तिम्रा रातहरूमा त म कहिल्यै आइन
न झड न बनेर आशु सिरानी भरि ।।

हर चेहरामा तिमी नै झुल्कि दिन्छौ
तन बदन छोएर जान्छौ हावाले सरि ।।

आलो नै छ त घाउ तिमीले दिएको
न जाउ फेरि पनि मलाई नै घात गरि।।
============
सुरेश वैद्य, काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

बोगोटा, १० अगस्ट २०२६ — पश्चिमी कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पूर्ण वार्ता नभई “आंशिक (semi-negotiating)” स्तरको संवाद मात्र भइरहेको बताएका छन्। उनले इरानमाथिको…

नाइजेरियाको कानो राज्य सरकारले आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने उद्देश्यले १,५०० जोडीको दुई दिने सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेको…

प्रतिकृयाहरू
...