गजल
=========
न आउ ए यादहरू यसरी घरीघरी ।
किन जान्छौ निदलाई आँखा तरीतरी ।।
म त भुल्न चाहन्छु सबै अतितलाई
किन घुम्छौ सम्झना बनि मेरो वरिपरी।।
तिम्रा रातहरूमा त म कहिल्यै आइन
न झड न बनेर आशु सिरानी भरि ।।
हर चेहरामा तिमी नै झुल्कि दिन्छौ
तन बदन छोएर जान्छौ हावाले सरि ।।
आलो नै छ त घाउ तिमीले दिएको
न जाउ फेरि पनि मलाई नै घात गरि।।
============
सुरेश वैद्य, काठमाडौँ ।