Friday 19th June 2026

नेपाली टोली स्वदेश फर्कँदै


तितोपाटी- सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज (आइतबार) स्वदेश फर्कने भएको छ । छनोट खेल खेलेर सकाएको टिम स्वदेश फर्कन लागेको हो ।

कुवेतमा नेपालले विश्वकप छनोटअन्तर्गत छनोटका बाँकी तीन खेल खेलेको थियो । २३ खेलाडीसहित ३६ सदस्यीय नेपाली टिम आइतबार स्वदेश आइपुग्ने भएको छ । नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लने जनाइएको छ ।
छनोटमा नेपालले चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो । पहिलो खेलमा चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो ।
नेपाल छनोटको अन्तिम खेलमा अष्ट्रेलियासित पनि ३–० ले पराजित भएको थियो । छनोटको समूह ‘बी’मा रहेको नेपालले ८ खेलबाट ६ अंक मात्र जोड्यो ।

बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...