Monday 12th October 2026

कविता केशरी र जे. के. तिम्सिनाका एक/एक डाली कोपिला


“कोपिला हुँ डाली मै फुल्दछु, फुल्दा फुल्दै बगैंचामा पुग्दछु”

डाली
१
तिम्रै मनभित्र पस्न आएको म
हृदय ठाउँ खाली छ छैन मलाई
पसेर एकछिन बस्न आएको म
२
मलाई निकै आछु पार्यौ तिमीले
मुखमा राम राम बगलीमा छुरा रहेछ
जिन्दगीका बाटासबै बार्यौ तिमीले
३
आँखामा नशा रहेछ मतायौ किन
म हिमाल बसी चिसामा रमाउने परिलाई
तराईमा झारी झारी ततायौ किन
४
भयोअर्काको माटो टेक्नु छ‌ैन
घुमछु डाँडापाखा आफ्नै खेतबारीका
बनावटी बगैचा देख्नु छैन
५
लामो बाटो धाएर आएँ गाउँमा
मैदानमा उत्रिएर घर सोध्दै सोध्दै
तिम्रो निम्ता पाएर आएँ गाउँमा

कविता केशरी

डाली

उडाउला बतासले सग्लो छु नभन
कति क्यारेटका छौ, कसी लगाउँछ समाजले
धुरीमाथि चढेर अग्लो छु नभन।

सिरानीमा सर्प पालेँछु मैले
सिक्दासिक्दै सकिने भो जिन्दगानी
बालुवामा पानी हालेँछु मैले।

प्रमाणपत्र घाममा सुकाइदेऊ
तिम्रो विद्वता व्यवहारमा झल्कियो
खोटोपैसा खाममा सुकाइदेऊ।

खेल हो हारेर नरुनू
हारजीत हुन्छ, मैदानमा उत्रेपछि
हरेस खाएर नरुनू।

चट्टान बनेर सामना गर्नुपर्छ
जीत हुनेछ सत्यको, सूर्य छेकिन्न हत्केलाले
उज्यालो हुन्छ कामना गर्नुपर्छ।

जे. के. तिम्सिना, झापा

 


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ…

प्रतिकृयाहरू
...