Thursday 5th March 2026

छोरीहरुको आत्मा सम्मानमा दाग नलगाउ सरकार


बसन्त थापा- मनपरी बोल्यो अनि माफी माग्यो दुई तिहाईको राम्रो सदुपयोग हुदैछ मेरो दश नेपालमा ।हुन त लाज पचेका र माफियाधारी गुन्डा बिचौलिया र ७ कक्षा पास सल्लाहकार ८ पास प्रधानमन्त्री भएको मेरो देशमा राम्रो तरिका र राम्रो चालचलन खोज्ने हामी जस्ता युबा नै पागल हौं।सजाए त हामि जस्तोलाई नै हुनु पर्ने हो ।

८ कक्षा पढ्दा स्कुल निकाला हुदैं जनयुद्धको नाममा विध्वंस मच्चाएर बैंकबाट लुटेको कालो धनलाई मेडिकल कलेज मार्फत सेतो बनाउँन लागेका दुर्गा प्रसाईं सोचे अनुरूपको सफलता नमिल्दा मगज बिग्रिएर बर्बराई रहेका छन।

त्यसै गरि कानुन मन्त्रियों भनेका कुरा यहि कुरा लेख्दा जात को बिल्ला भिराएर जातीय अराजकता फैलाउने यिनका झोलेहरुलाई पनि पशुपति नाथले सद्बुदी भरुन।नैतिकता त के होला र नैतिकता छैन भन्ने त उनको अभिव्यक्तिले पुष्टि गरेको छ तर गलत्याएर कठालोमा समातेर पदबाट निलम्बन गरीनु पर्छ। तर सार्वजनिक पद धारण गरेर देश र जनताको नाममा सपथ खाएका एक जिम्मेवार कानुन मन्त्रीले बोलेका शब्दहरुको पुष्टि गर्नु पर्छ कि पर्दैन तिन करोड जनतालाई सिरमा राखेर उनीहरुका हितका निम्ति कानुन निर्माण गर्नु पर्ने जस्तो जिम्मेवारी पाएका व्यक्तिले यसरी खुलम खुल्ला नेपाली चेलीहरुको अस्मितामाथि धब्बा पोत्न मिल्छ महिलाहरुलाई हेर्ने दृष्टिकोणनै खोट भएको मन्त्रीले महिलाहरुका लागि कस्तो कानुन निर्माण गर्लान आजको आम नेपालीले सोध्ने प्रश्न यहीँ रहेको छ।

यस्ता मन्त्री भएको देशमा महिला हिँसा न्यूनीकरण होला भन्नु भनेको दिवा सपना देख्नु बराबर हो ।

१- कानुनमन्त्रीलाई बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली चेलीहरूमाथी शाररीक शोषण हुन्छ भन्ने थाहा थियो भने तत्कालै बंगलादेशको राजदुतलाई बोलाएर स्पस्टिकरण लिनुपर्थ्यो किन लिएनन

२ यदि यौंन शोषणमा नेपाली चेली परेको भए त्यहाँ डाक्टरी पढ्ने चेलीहरुलाई नेपाल फिर्ता बोलाउने कदम समेत चाल्नुपर्थ्यो। कानुनमन्त्री जस्तो जिम्मेवार पदमा बसेर हाम्रा चेली बलात्कारमा पर्छन् भन्दै हावा कुरा बोलेर आफ्नै चेलीहरुको चरित्र हत्या गर्दै भाषण गर्दै अरुको चरित्र हत्या गर्न पाईन्छ।

३ यहि हो सरकारको काम यस्तो संवेदनशील कुरामा हावा बोल्ने यसले बंगलादेश डाक्टरी पढ्न जाने चेलीहरुको घर-परिवार र लाखौं खर्चिएर डाक्टर पढि नेपालका गाऊ-गाऊँमा स्वास्थ्य सेवा दिन दिन रात पढिरहेका स्वंय चेलीहरु। कति तनावमा परे होलान यस्को जिम्मेवारी कस्ले लिने

४-देश र जनताको हितमा सचेत भन्ने आफूले आफैलाई राष्ट्रवादीको पगरी गुथेका ओलीका सेनाहरु यस्तो गम्भीर बिषयमा केहि नबोली बिषयान्तर गर्नतिर लागेका छन्।यस्को भोलि को असर को जिम्मेवारी कसले लिने

जनताले तिमीहरुको राजनितीबाट अजित भएर आफ्नो देश प्रतीको मायाले सामाजिक सन्जाल मै २/४ शब्द बडि लेख्दा साइबरक्राइमको मुद्दा को कुरा संसदमा उठाउने मन्त्री तिमीमा पनि थोरै नैतिकता र लाज छ भने राजीनामा दिएर बस ।

जाबो एउटा पार्टी हेरेर देशको हित नसोच्ने जुनसुकै पार्टीका भएपनी कुनै न कुनै रुपमा ढिलोचाँडो पाप कराउँछ-कराउँछ। पहिला आम नेपाली बनेर हेर अनि बल्ल कार्यकर्ता र झोले बन ।देशको जिम्मेवारी पदमा बसेको व्यक्तिको यस्तो अमर्यादित अभिव्यक्तिले कस्तो मोड लिनेछ त्योत समयले नै बताउला।

यसरी अभिव्यक्ति दिदै हिड्ने कानुन मन्त्रीले के यो देशको अन्धा र भ्रष्ट कानुनहरुको सुधार गर्लान त नयाय,सुशासन र सु-व्यवस्था लागू गरेर बिकास र समृद्धि गर्लान त पक्कै पनि गर्दैनन र गर्लान भनेर आशा गर्नु भनेको आकाशको फल आँखातरि मर भनेको जस्तै हो ।

त्यसैले सरकार नेपाली छोरीहरु बिरुद्द गाली-ब्यजती गर्ने जो कोहीलाई पनि क़ानूनी कठघरामा ऊभ्याऊ ।कानुन मन्त्रि बोल्नु भनेको सरकार बोल्नु हो त्यसैले सरकार हाम्री छोरीहरुको आत्मा सम्मानमा दाग नलगाउ सरकार ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...