Tuesday 14th October 2025

सिन्धुपाल्चोक बलेफीका युवाहरूको सहयोगमा ५२० घरपरिवारलाई स्वास्थ्य सामाग्री बितरण


बिष्णु निश्चल(सिन्धुपाल्चोक)-तीतोपाटी डटकम-बिश्वब्यापी रूपमा फैलिएको कोभिड -१९को दोश्रो चरणले आक्रान्त बनाएको परिवेशमा राजधानी काठमान्डौबाट नजिकै भएर पनि दुर्गम मानिएको सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउपालिकामा कोरोनाबाट बच्न अत्याबश्यक स्वास्थ्य सामाग्रीको अभाब भएका कारण ५२० घरधुरीलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ।बलेफी गाउपालिका-२ का यूबाहरुले कोरोनाको यो मध्ये समयमा पनि गाउ-गाउ गएर स्वास्थ्य सामाग्रीको साथमा स्थानिय बासिन्दाहरुलाई कोरोनाबाट कसरी बच्ने,संक्रमितलाई कसरी सहयोग गराउने लगाएतको जनचेतना बाढ्दै सचेत बनाएका छन।


स्थानिय युवाहरु बिष्णु बहादुर बिक,राजकुमार श्रेष्ठ,कृष्ण प्रसाद पौडेल,राजकुमार भण्डारी, राजिब भण्डारी,संजय श्रेष्ठ, जिबन कुमार श्रेष्ठ, बिकाश श्रेष्ठ,नारायण नेपालीले चलाएको अभियान र प्रस्तावलाई दक्षिणकोरियामा रहेका सन्जिब भण्डारी,नबिन श्रेष्ठ ,राजेन्द्र पौडेल ,जयराम कोइराला, कृष्ण न्यौपाने,गोपाल पौडेल,पशुपति भण्डारी(बलेफी-२) र उत्सब खड्का(सुनकोशी- ४)ले ब्यक्तिगत आर्थिक सहयोग जुटाएका थिए।

बलेफी गाउँपालिका वडा न २ भित्रका प्रत्येक परिवारलाई र वडा न ३ र ४ का केही घरधुरीमा गरी हरेक घरमा १५ थान मस्क, १ बोतल सेनिटाइजर र ३ पिस साबुन वितरण गरिएको थियो। साथै वडा कार्यलय र वडा भित्रका बिध्यालय,स्वास्थ-संस्था,सहकारी लगायतका सार्बजनिक संस्थाहरुमा पनि वडा अध्यक्ष छबिलाल न्यौपानेको रहोबरमा स्वास्थ समाग्री बितरण गरिएको थियो।

यस सामाग्रीको उचित प्रयोग गरेर कोरोना संक्रमणबाट आफु बच्दै अरुलाई पनि बचाउने अभियानलाई निरन्तरता दिन र कोरोना संक्रमण हुनै नदिन र भए पनि कोरोना संक्रमितलाई हौसला दिन स्थानिय बासीहरुलाई समेत अनुरोध गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...