Thursday 13th November 2025

कुवेतमा झापाकी मुना राईकाे हृदयाघातकाे कारण मृत्यु


हरी कृष्ण न्यौपाने – बुद्दशान्ती-७, धारागोला भ्यूटावर झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत मुना राईको हृदयघातको कारण मृत्‍यु भएको छ। भारतीय बाटो हुँदै करिब ३ बर्ष अघी कुवेत आएकी मुनाको २० मेई,२०२१ बिहीवारको दिन मृत्‍यु भएको हो ।

नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले तीतोपाटी डट कम संग भने ” रहदानी नं-१०६७३६८३ भएकी मुना राईको मृत्‍यु भएको जानकारी नेपाली राजदूतवासमा आए पछी हामीले मृतकको परिवार र कुवेतको सम्बन्धित निकायसंग कानुनी प्रकृयाको लागि समन्वय शुरु गरिसकेका छौ । सिलवालले थपे, ” मृतक राई भारतीय बाटो हुँदै श्रम नगरी कुवेत आएको र केही समय देखी आफ्नो स्पोन्सर छोडेर अबैधानिक रुपमा काम गर्दै आएको देखिएको छ।”

पारिवारिक श्रोतका अनुसार २८ बर्षिय मृतक मुना राईको श्रीमानको पनि मलेशियामा कार्यरत रह्दै गर्दा मृत्‍यु भएको थियो।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...