Friday 3rd July 2026

कुवेतमा ३ महिना देखी बेपत्ता टेकन गुरुङको खोजीका लागि परिवारको आग्रह


हरी कृष्ण न्यौपाने- स्याङजा घर भई लामो समय देखी पोखरामा बसोबास गरिरहेका र कुवेतमा रोजगारीका क्रममा रहेका टेकन गुरुङ ३ महिना देखि परिवार र साथीहरु संग सम्पर्क बिहिन भएका छन् । गुरूङको खोजी गरि दिनको लागि कुवेतमा रहेको नेपाली राजदूतवास अनि नेपाली संघ-संस्थाहरु र पत्रकारहरुलाई परिवारले आग्रह गरेका छन।

राहदानी नं-०५७३४१९१ रहेका टेकन गुरुङ हराए देखि परिवारमा अत्यन्तै अन्यौल भएको उनको मामा कृष्ण गुरुङले तीतोपाटी डटकमलाई बताए। साथै आफ्नो छोरो कुवेतमा एक्कासी बेपत्ता भए पछी बिछिप्त भएकी टेकनको आमाले भनिन”म नयाँ कम्पनीमा जाने तयारीमा छु भनेर फोन गरेको झल्झली सम्झन्छु । छोरो कुनै पनि कुलत र गलत संगतमा नलागेको र छोरोको साथीहरुले पनि त्यसै भनेकोले के कारणले यसरी एका-एक बेपत्ता भएको होला? हामी अत्यन्तै चिन्तामा छौ । तपाइहरुले सहयोग गरिदिनु होला।”

त्यस्तै कुवेतको रिगाइमा केही समय पहिले सम्म टेकन संग एउटै कोठामा बसेको बताउने प्रशान्त कुमार चौधरीले भने, “फेब्रवरी २७,२०२१ का दिन देखी टेकन कसैको संपर्कमा आएको छैन । उनले थपे, “टेकन पछिल्लो समय कुवेतको फर्वानियामा एक पाकिस्तानी नागरिकको फ्ल्याटमा बस्दै आएको र टेकन एक्कासी हराए पछि ति पाकिस्तानी नागरिक पनि चिन्तित छन् । गुरुङ फ्ल्याटहोल्डरलाई केही पनि नबताई एक्कासी सम्पर्क बिहिन भएका कारण कहाँ, के र कसरी यस्तो भयो भन्ने बारे हामी अनभिज्ञ र चिन्तित छौं ।”

यता नेपाली राजदूतवास कुवेतका द्वित्तीय सचिब श्रीकृष्ण सिलवालले गुरुङ हराएको बारे कुनै गुनासो वा उनको बारेमा कुवेतको कुनै पनि निकायबाट केही जानकारी नआएको बताए । सिलवालले थपे”टेकन गुरुङको खोजीको लागि दूतावासले सक्दो सहयोग गर्नेछ।”

प्राप्त जानकारी अनुसार अविवाहित ३३ बर्षिय टेकन गुरुङ करिब ६ बर्ष देखी कुवेतमा कार्यरत थिए । पछिल्लो समय गुरुङ अलसाया कम्पनीको मरुज साल्मियामा रहेको कात्सोया भन्ने रेस्टुरेन्टमा किचनमा कार्यरत थिए ।
(यो माथि फोटोमा देखिएका टेकन गुरुङलाई कसैले देख्नु भएको भए नेपाली राजदूतवास कुवेत वा गुरुङको मामा कृष्ण गुरुङ-००९७७९८१७१५७८२ (ह्वाट्सप)मा वा प्रशान्त कुमार चौधरी ००९६५-६६१४१२३९ लाइ फोनमार्फत जानकारी गराइदिनु होला।)


सम्बन्धित शीर्षकहरु

रूसले युक्रेनमाथि ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि पोल्याण्डले आफ्नो हवाई क्षेत्र सुरक्षित गर्नका लागि लडाकु विमान र हवाई…

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभामा दर्ता हुनु नेपालको युवा शक्ति, राष्ट्रिय अनुशासन र आपतकालीन तयारी क्षमतालाई संस्थागत गर्ने दिशामा एउटा…

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

प्रतिकृयाहरू
...