मुस्कान भरिएको ओठमा दु:ख लुकाउन सजिलो छ ।
मनमा पिर, बगेको आँसु, सधैं सुकाउन सजिलो छ ।।
नबोली नबोली कति पीडा पछिलाइ राखेकोछु मैले,
तिमीले दिएको तनाव मलाई फुकाउन सजिलो छ ।
मेरो ढुकढुकी चल्दासम्म नगर्नु यस्ता कुराहरु नै,
सधेभरी नै झुटो बोल्नेको मोल चुकाउन सजिलो छ ।
हजारौं सपनाहरू आकाशका तारा सरी छरिए पनि
आफु दह्रो भएसि अरुलाइ झुकाउन सजिलो छ ।
चलिरहेको छ मेरो धड्कन आज पनि तिम्रै लागि,
गन्तब्यमा नपुग्ने भए पछी त रुकाउन सजिलो छ ।
कोपिला रिजाल
भक्तपुर ताथली