Wednesday 6th August 2025

कुवेत आएको १ बर्षमै कम्पनी परिवर्तन गर्न पाइने


हरी कृष्ण न्यौपाने-कुवेत आएर वर्क पर्मिट पाएको १ बर्ष पुगेका आप्रबासीहरुले आफ्नो कम्पनी परिवर्तन गर्न पाउने भएका छन। कुवेतको पब्लिक अथोरिटी अफ मेनपावरका अनुसार यसरी कम्पनी वा स्पोन्सर परिवर्तन गर्दा उनिहरुको अनुमती(एप्रुभल)भने अनिबार्य गरिएको छ।

कुवेतबाट प्रकाशित पत्रीका अरब टाइम्सले मेई ५, २०२१का दिन प्रकाशित गरेको समाचारमा भनिएको छ कुवेतको “पब्लिक अथोरिटी अफ मेनपावर”(पाम-PAM)का प्रमुख अहमद अल मुसा (Ahmed Al Mousa)ले सर्कुलर नं-३७५/२०२१ जारी गर्दै वर्क पर्मिट लिएको १ बर्ष पुरा भएका आप्रबासिहरुले अब आफ्नो स्पोन्सर वा काम गर्ने कम्पनी परिवर्तन गर्न पाउने छन।तर यसरी कम्पनी परिवर्तन गर्दा कामदारहरुले स्पोन्सर वा कम्पनीको अनुमती भने अनिबार्य रुपमा लिनु पर्ने छ।

समाचारमा भनिएको छ, अहिलेको कोरोना कहरका कारण कुवेतको लेबर मार्केटमा भएको कामदार अभाब पुर्ती गर्नको लागि यो नियम लागू गरिने भएको हो।अर्को सुचना प्रकाशित नभए सम्म यो नियम लागु हुनेछ भने यो नियम कुवेतको संगठित क्षेत्र(भिसा नं-१८)मा आएका कामदारको हकमा मात्र लागू हुनेछ।


सम्बन्धित शीर्षकहरु

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

अमेरिकामा एक दम्पतीले ३० वर्षभन्दा बढी समयदेखि फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्माएका छन्। यो सबैभन्दा पुरानो भ्रूण हो जसबाट बच्चा…

प्रतिकृयाहरू
...