Monday 24th August 2026

कविताः मान्दछौ सत्यता – छन्द: स्रग्धरा -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि’


म्रभ्नैर्यानां त्रयण्, तृमुनियतियुता:, स्रग्धरा कीर्तितेयम् ।>🌷🙏🌺

पापी बानी बढायो अकलगुम बनी कंस त्यो पातकीले
आफ्नै बाबा दुखायो हरपल पिरमा दुष्ट त्यो घातकीले
पापी धेरै कराए सडक सडकमा लोकमा आजभोलि
हाकाहाकी मिसाए तडक भडकको प्रीतमा धूर्त बोली ।१।🌷🙏🌺

आफ्नो मात्रै प्रशंसा दिनभर मुखमा तामसी मान्यतामा
आगो बाल्दै जुटेका असल चलनका ज्ञानका पुस्तिकामा
बेकम्मा ती जुटाए अजब गजबका नाच्दछ्न उग्रवादी
दुष्टात्माले लुकाई हरपल मनमा राख्दछ्न दुष्ट साथी ।२।🌷🙏🌺

बानी आफ्नो बदल्नै झटपट नसकी गर्दछन आनकानी
अर्कालाई दुखाए अनुमति नलिई सोच्दछ्न मानहानी
मृत्तात्मा जो रमाई हरपल जनको ठोक्दछ्न पाखुरीमा
राम्रा मान्छे विरोधी जनक र जननी मार्दछ्न जासुसीमा ।३।🌷🙏🌺

बानी हाम्रो बढेको दिनदिन थपिँदै हट्दछ्न ढुक्कसाथ
राम्रो बानी बढाऊँ झटपट तसरी बढ्दछन शान्तिसाथ
बेहोराले चिनायो कुन असल भनी भन्दछिन सान्त्वनाले
ढाँट्ने छ्ल्ने भएमा असल गजबको मान्दछिन दुष्टताले ।४।🌷🙏🌺

बानी पारौँ बिचारी भरसक असली कार्यको साधनाकाे
जान्दा बुझ्दा भलाई अकपट गतिलो माधुरी भावनाको
आनीबानी सुधारौँ सकल जन मिली तामसी राक्षसीको
बाचा बाँधौँ सबैले अलमल नगरी मान्दछौ सत्यता त्यो ।५।🌷🙏🌺

हरि शर्मा (गलकोटे कवि)
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

प्रतिकृयाहरू
...