Thursday 18th June 2026

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव छल्न गण्डकीको चालु अधिवेशन अन्त्य


तितोपाटी- मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी भएपछि गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ ।

आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाको अधिवेशन अन्त्यको सिफारिस प्रदेश प्रमुख अमिक शेरचनसमक्ष गरेका थिए । शेरचनले चालु अधिवेशन १ वैशाख राति १२ बजेदेखि अन्त्य भएको जानकारी सभामुख नेत्रनाथ अधिकारीलाई गराएका छन् ।
२५ चैतबाट सुरु गण्डकी प्रदेशको विधेयक अधिवेशन तीन दिनसम्म चलेको थियो । त्यसपछि वैशाख ६ गतेसम्म बैठक स्थगित गरिएको थियो ।
गण्डकीमा कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनतासमाजवादी पार्टीका सांसदहरुले हस्ताक्षर संकलन गरिरहेका छन्। प्रदेशसभा कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३ जसपाका २ र स्वतन्त्र एक सांसद छन् भने एमालेको २७ सिट छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...