Wednesday 7th October 2026

नेपालमा पहिलोपटक देखियो डबल म्युटेन्ट भाइरस


तितोपाटी- नेपालमा एकजनामा कोभिड–१९ को नयाँ प्रजाति डबल म्युटेन्ट भाइरस देखिएको छ । ललितपुरका एकजना संक्रमितमा डबल म्युटेन्ट भाइरस पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार जीन सिक्वेन्सिङका लागि हङकङ पठाइएका १५ वटा नमुनामध्ये एकजनामा यो भाइरस पुष्टि भएको हो । ५९ वर्षीय एक व्यक्तिमा देखिएको भाइरस उनको सम्पर्कमा आएका अरुमा भए/नभएको पहिचान गर्न कन्ट्याक ट्रेसिङको काम भइरहेको डा. पौडेलले बताए ।
भारतमा राजस्थान, गुजरात, नयाँदिल्लीलगायत क्षेत्रमा देखिएको डबल म्युटेन्ट नेपालमा भने पहिलोपटक पुष्टि भएको हो ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...