अब उसलाई कहिल्यै मेरो साथ चाहिन्न रे ।
मेरो माया उस्को मनमुटुमा मात्रै अटिन्न रे ।
मुटु चोइटाइ गयौ अब नयन पढ भन्दा
कृष्णलिला पढिसके हजुर,गीता पढिन्न रे।
आजकाल नदी किनार धाउन छोडेको छ ऊ
सुन्दैछु, हिरा भेटेपछि अब सुन खोजिन्न रे।
हिजो कस्ले याद गर्छ यार तिमीलाई, भन्दै थियो
दुनियाले स्वार्थ विना भगवानलाई त सम्झिन्न रे।
अवसरलाई चिन्न सकेनौ त म के भनुँ र खै
जूनको उज्यालोमा तारा पनि कैल्यै चम्किन्न रे।
दिलसँग प्यार गर न त यार भन्दा जबाफ उस्को
दिल त शरीरभित्र लुक्या छ आँखाले देखिन्न रे।
‘कान्ति’ भन्न थालिन् यो भौतिक संसारमा अब
माया जालमा फस्दै कोहीसँग प्यार गरिन्न रे।
-धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज-३ , काठमाडौँ