Wednesday 28th October 2026

अमेरिका–इरान तनावबीच अमेरिकी विमानवाहक युद्धपोत परिवर्तन


अमेरिकाले इरानसँग जारी सैन्य तनावका बीच मध्यपूर्वमा तैनाथ ‘युएसएस अब्राहम लिंकन’ को स्थानमा ‘युएसएस जर्ज वासिङ्टन’ पठाउने तयारी गरेको छ।

२०० दिनभन्दा बढी समय समुद्रमा तैनाथ रहँदा अब्राहम लिंकनमा रहेका करिब ५ हजार नौसैनिक तथा मरिन्समा थकान, मानसिक तनाव र डिप्रेसनका समस्या देखिएको भन्दै परिवार र सांसदहरूले चिन्ता व्यक्त गरेका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार परमाणु ऊर्जाबाट सञ्चालित युएसएस जर्ज वासिङ्टन हिन्द महासागर हुँदै मध्यपूर्व पुगेर होर्मुज जलमार्ग आसपास अमेरिकी सैन्य उपस्थितिको जिम्मेवारी सम्हाल्नेछ।

यद्यपि, पेन्टागनले यो परिवर्तन नियमित रोटेसन प्रक्रियाको हिस्सा भएको जनाएको छ भने जहाजमा आत्महत्याको जोखिम बढेको भन्ने दाबीलाई अस्वीकार गरेको छ। तर युद्धका कारण आपूर्ति तथा रसद व्यवस्थापनमा केही कठिनाइ भएको स्वीकार गरेको छ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...