Wednesday 28th October 2026

मस्कोमाथि ६०० ड्रोन आक्रमण, किभमा मिसाइल हमला


युक्रेनले रूसको मस्को क्षेत्रलाई लक्षित गर्दै रातभरि व्यापक ड्रोन आक्रमण गरेको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार साँझदेखि बिहान ६:३० बजेसम्म मस्को क्षेत्रतर्फ उडेका करिब ६०० ड्रोनमध्ये २०१ वटा ड्रोन खसालिएका छन्। उक्त आक्रमणमा तीन जना घाइते भएका छन्।

यता, रूसले पनि युक्रेनको राजधानी किभमा मिसाइल आक्रमण गरेको छ। किभका मेयर भिताली क्लिच्कोका अनुसार आक्रमणपछि शहरका कम्तीमा दुई जिल्लामा आगलागी भएको छ।

किभको सैन्य प्रशासनले एक जना घाइते भएको जनाएको छ। खसेका मिसाइलका भग्नावशेषका कारण राजधानीको उत्तरी उपनगरस्थित गैरआवासीय क्षेत्रमा आगलागी भएको तथा शहरको केन्द्र नजिकैका क्षेत्रमा पनि आगो लागेको बताइएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणका क्रममा किभमा ठूलो विस्फोटको आवाज सुनिएको थियो। रूस र युक्रेनबीच जारी युद्धका बीच दुवै पक्षले एकअर्काको क्षेत्रमा लामो दूरीका आक्रमणलाई तीव्र बनाइरहेका छन्।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...