Sunday 4th October 2026

इन्डोनेसियामा शक्तिशाली भूकम्प: मृत्यु संख्या २० पुग्यो


इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन् भने घर, अस्पताल, विद्यालय र सरकारी भवनहरूमा ठूलो क्षति पुगेको छ।

भूकम्पपछि सुनामी चेतावनी जारी गरिए पनि केही घण्टापछि हटाइएको थियो। प्रभावित क्षेत्रमा हजारौं मानिस सुरक्षित स्थानतर्फ सरेका छन् भने उद्धार तथा राहत कार्य जारी रहेको छ। भूकम्पका कारण दर्जनौं परकम्प (आफ्टरशक) समेत महसुस गरिएको छ।। केही स्थानमा १ मिटर उचाइसम्मका छालहरू रेकर्ड भएका छन्।

भूकम्पका कारण हजारौं मानिस सुरक्षित स्थानमा सरेका छन् भने पहिरोका कारण केही सडक अवरुद्ध भएका छन्। उद्धार टोलीहरू प्रभावित क्षेत्रमा जीवित व्यक्तिहरूको खोजी तथा राहत कार्यमा जुटिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

प्रतिकृयाहरू
...