Wednesday 28th October 2026

इन्डोनेसियामा शक्तिशाली भूकम्प: मृत्यु संख्या २० पुग्यो


इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन् भने घर, अस्पताल, विद्यालय र सरकारी भवनहरूमा ठूलो क्षति पुगेको छ।

भूकम्पपछि सुनामी चेतावनी जारी गरिए पनि केही घण्टापछि हटाइएको थियो। प्रभावित क्षेत्रमा हजारौं मानिस सुरक्षित स्थानतर्फ सरेका छन् भने उद्धार तथा राहत कार्य जारी रहेको छ। भूकम्पका कारण दर्जनौं परकम्प (आफ्टरशक) समेत महसुस गरिएको छ।। केही स्थानमा १ मिटर उचाइसम्मका छालहरू रेकर्ड भएका छन्।

भूकम्पका कारण हजारौं मानिस सुरक्षित स्थानमा सरेका छन् भने पहिरोका कारण केही सडक अवरुद्ध भएका छन्। उद्धार टोलीहरू प्रभावित क्षेत्रमा जीवित व्यक्तिहरूको खोजी तथा राहत कार्यमा जुटिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...