Sunday 19th May 2024

माओवादी केन्द्रको स्थायी समिति बैठक आज नबस्ने


तितोपाटी- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । यसअघि आजका लागि तय गरिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको जनाइएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल गर्न उक्त बैठक बोलाएकोमा अधिकांश स्थायी समिति सदस्यहरू राजधानीबाहिर रहेकाले स्थगित गरिएको जनाइएको छ ।

यसअघि गत बिहीबार माओवादीको स्थायी समिति बैठक बसेको थियो । सो पश्चात् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले छिटै अर्को बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए । हिजो शनिबार मात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनबारे अन्य दलहरुसँग घनिभूत छलफल थाल्ने बताएका थिए ।

उता नेपाली काँग्रेसले सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरिसकेको छ । कांग्रेसको निर्णयले माओवादी केन्द्र उत्साहित हुँदै ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको बताइन्छ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...