Monday 24th August 2026

कुवेतबाट नबराज पराजुलीको पहलमा क्रिकेट रंगशाला निर्माण सहयोगार्थ अभियान चलाइँदै


तीतोपाटी – गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ कुवेतमा पनि सहयोग संकलन अभियान चलाइने भएको छ तर यो सहयोग अभियान कुनै संघ संस्था वा समुहले चलाउन लागेको नभइ कुवेतको नेपाली समाजका चिरपरिचित सकृय युवा नवराज पराजुलीले संचालन गर्न लागेका हुन् । गैर अावासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कुवेतका युवा संयोजक समेत रहेका पराजुली तीतोपाटी सँग कुरा गर्दै देश निर्माणमा स्वदेश तथा परदेश जहाँ रहेका नेपाली भए पनि उत्तिकै जिम्मेवारी र दायित्व हुने भएकोले धुर्मुस-सुन्तली फाउन्डेसनले खेलकुद क्षेत्रको विकासको लागि निर्माण गर्न लागेको उक्त रंगशाला निर्माणार्थ सहयोग संकलन गर्न लागेको बताएका हुन् ।

हाल नेपालमा निकै चर्चाको शिखरमा रहेको विषय गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हो । भाैगोलिक दृष्टिले नेपालको केन्द्रविन्दु रहेको चितवन जिल्लाको भरतपुर – १६ मा निर्माणाधिन अबस्थामा छ । करिब ३ अर्ब लागतमा धुर्मुस सुन्तली फाउन्डेसनले दाताहरूको सहयोगमा यो रंगशाला बनाउन लागेको हो । रंगशाला बनाउनका लागि लाग्ने झण्डै २१ विगाह जग्गा त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको छ भने रंगशाला बनाउन स्वदेश तथा विदेशबाट संघ संस्था तथा व्यक्ति विशेषबाट सहयोग संकलन कार्य पनि जारी छ ।

क्रिकेट रंगशाला निर्माण क्रममा बजेट अभाव भएपछि रंगशाला बनाउन लागि परेका धुर्मुस-सुन्तली हाल उक्त रंगशाला निर्माणार्थ सहयोग संकलन अभियानमा दाैडाहामा छन् । यस अभियानमा अहिले सहयोग नगरे कहिले सहयोग गर्ने, हामीले सहयोग नगर कस्ले सहयोग गर्ने? भन्दै संस्थागत वा समुहगत अभियान चलाउन यो कोभिड महामारीको समयमा भेला जमघट वा सार्वजनिक कार्यक्रमहरू नभएकोले व्यक्तिगत प्रवासबाट जो सकेको सहयोग संकलन गरेर थोरै भए पनि इटा थप्न मद्दत गर्न प्रयन्त गर्न लागेको अभियन्ता नबराज पराजुली बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका रूपमा युक्रेनको राजधानी कीभ पुगेर युक्रेनप्रति बेलायतको अटल समर्थन पुनः दोहोर्याएका…

इजरायलले स्विडेनका युरोपेली संसद् (MEP) का दुई सदस्य जोनास स्योस्टेड्ट (Jonas Sjöstedt) र हाना गेडिन (Hanna Gedin) लाई देश प्रवेशमा…

टर्की र इजरायलबीच तनाव बढिरहेका बेला इरानबाट टर्कीको पक्षमा कडा चेतावनी आएको छ। इरानी राजनीतिक विश्लेषक सैयद मोहम्मद मरान्दीले इजरायलले…

प्रतिकृयाहरू
...