श्रवण कुमार जस्तो छोरो कुसंगत र खराब साथीको लहलहैमा लागेर एकदमै खराब आचारणमा बदलियो ।
त्यसै दिनदेखी कल्याणीका जीवनमा गहिरो पीडाले आकारमण गर्यो । छोरालाई सुधार्न र कुलत छुटाउन लाख प्रयत्न गरिन् सफल भईनन् । उनको हृदय पीडा र पश्चातापले दिनदिन गल्दै गयो । खराबै भए पनि जीवित छ छोरो भन्न त पाएको छु ।
जेल जाने छुट्ने, नशा नशामै छोरो पनि हाड छाला मात्रै देखिन थाल्र्यो । जति औषधी उपचार गरे पनि केही भएन ।
एकदिन उज्यालो हुन केही पहर बाॅकी नै थियो । फोनको घणटी बजेको बज्यै भयो । कामी कामी फोन उठाइन । हस्पिटलले भन्यो । माफ गर्नुहोस् तॅपाईका छोरालाई हामीले बचाउन सकेनौ । यथासक्य छिटो शव बुझ्न आउनुहोला ।
बलिन्द्र धारा ऑशु चूहाउॅदै हस्पिटल पुगिन । छोरो पछि त कोही उनको सहारा थिएन । कोही कोही सहायता दिन पुगेकाले भने । ठीकै भयो पीर नगर्नु ,सार्है दु:ख पाउनु भएको थियो तॅपाईले । अव पीडा मुक्त हुनुभयो । हृदयमा ठुलो बज्र परे झै भयो । उनी डाँको छोडी छोडी चिच्याएर रून चाहन्थिन् तर सकिनन् ।
-रश्मि भट्ट
गोरखा
हालः न्युयोर्क अमेरिका