Wednesday 16th September 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १५


जतिबेला बगैँचामा, फुलहरु फुल्न खोज्थे ।
भमरा र मौरी आइ, वरिपरि डुल्न खोज्थे ।।

कोहि भर्खर कोपिला त,कोहि फुल्ने तयारीमा ,
कोहि पुरै फक्रिएका,कोहि भैमा झुल्न खोज्थे ।

घेरिएको तारबार, लगाइएको गेटका ताला,
पाहुनाको स्वागत गर्न,एकाएक खुल्न खोज्थे ।

फुलको रक्षा गर्ने भन्दा,धेरै हुन्थे टिप्पनेहरु,
नबुझेर सज्जनले, फटाहालाई हुल्न खोज्थे ।

बगैँचाको अनौठो त्यो,मनोरम दृश्य हेरि,
आफ्नो काम कर्तव्यलाई, सबै जना भुल्न खोज्थे ।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा. – ८
सुनखानी दोलखा,
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

कुवेतको पुनरावेदन अदालतअन्तर्गत राज्य सुरक्षा इजलासले हिजबुल्लाहको सदस्यता तथा आर्थिक सहयोगसम्बन्धी मुद्दामा तल्लो अदालतले सुनाएको फैसला सदर गरेको छ। अदालतले…

मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र एफडब्लूसीएमएस प्रणालीमार्फत श्रमिक पठाउने अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकारले यसलाई…

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

प्रतिकृयाहरू
...