जतिबेला बगैँचामा, फुलहरु फुल्न खोज्थे ।
भमरा र मौरी आइ, वरिपरि डुल्न खोज्थे ।।
कोहि भर्खर कोपिला त,कोहि फुल्ने तयारीमा ,
कोहि पुरै फक्रिएका,कोहि भैमा झुल्न खोज्थे ।
घेरिएको तारबार, लगाइएको गेटका ताला,
पाहुनाको स्वागत गर्न,एकाएक खुल्न खोज्थे ।
फुलको रक्षा गर्ने भन्दा,धेरै हुन्थे टिप्पनेहरु,
नबुझेर सज्जनले, फटाहालाई हुल्न खोज्थे ।
बगैँचाको अनौठो त्यो,मनोरम दृश्य हेरि,
आफ्नो काम कर्तव्यलाई, सबै जना भुल्न खोज्थे ।
प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा. – ८
सुनखानी दोलखा,
बागमती प्रदेश ।