Thursday 9th July 2026

माधव-झलनाथ समूहले बनायो अखिलमा पनि समानान्तर कमिटी


नेकपा एमालेमा समानान्तर कमिटी गठन कार्यले तीव्रता पाएको छ ।  वरिष्ठ नेता माधवकुमार नेपाल  र झलनाथ खनाल  समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ । राष्ट्रिय कार्यकर्ता भेला गरेर यो समूहले अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको हो ।

समानान्तर अखिलको अध्यक्षमा  सुदेश पराजुली चुनिएका छन भने सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन गरिएको छ । भेलाले केन्द्रीय कमिटी पनि निर्माण गरेको छ ।  सोही भेलामा माधव नेपाल, सुरेन्द्र पाण्डे र भीमबहादुर रावलसहितका नेताले सम्बोधन गरेका  थिए । माधव- झलनाथ समूहले अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा पनि समानान्तर कमिटी बनाएको छ।

 


सम्बन्धित शीर्षकहरु

विशेषगरी न्युरोड क्षेत्रको उल्लेखनीय रूपान्तरण अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ। सुधारिएको सडक संरचना, सम्पदामैत्री डिजाइन, व्यवस्थित…

चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन्। स्वर्णिम वाग्ले नेतृत्वको आर्थिक टोलीसँग…

इरानसँग बढ्दो तनावबीच मध्यपूर्वमा अमेरिकी नौसेनाको शक्ति प्रदर्शन, २० भन्दा बढी युद्धपोत सक्रिय इरानसँग बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकी केन्द्रीय…

प्रतिकृयाहरू
...