Wednesday 16th September 2026

शर्मिला श्रेष्ठको गजल संग्रह – २


घर फर्केर आऊ बस्नु हुन्न अब शहरमा ।
कसैले केहि नि दिने वाला छैनन् यो कहरमा ।

भनेकी थिएँ आफ्नै घरको खाऔंला आटो पिठो
असिमित चाहना बोकी गयौ आफ्नै रहरमा ।

शहर गए पछि वास्ता गर्दैनथ्यौ हामीलाई
आफ्नै थात काम लाग्दोरैछ दु:खको पहरमा ।

बाँजैं छन् खेतीयोग्य जमिन पानी बिना एकडै
सिचाईमा लगानी बढाऊ गाउँकै नहरमा ।

केहि पाउने आशमा समय गये सित्तै वर्षौं
भन्दा भन्दै सबै श्रमदान डुबायौ जहरमा ।

शर्मिला श्रेष्ठ,ललितपुर
हालः अमेरिका


सम्बन्धित शीर्षकहरु

कुवेतको पुनरावेदन अदालतअन्तर्गत राज्य सुरक्षा इजलासले हिजबुल्लाहको सदस्यता तथा आर्थिक सहयोगसम्बन्धी मुद्दामा तल्लो अदालतले सुनाएको फैसला सदर गरेको छ। अदालतले…

मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र एफडब्लूसीएमएस प्रणालीमार्फत श्रमिक पठाउने अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकारले यसलाई…

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

प्रतिकृयाहरू
...