Saturday 6th September 2025

कविताः मेरी आमा -कमला पाण्डेय तिवारी


दिनरात आउँछ याद आमा हजुरको मलाई ।
प्रदेशमा छु नि आमा मुटु जलाई जलाई ।।

हाँस्ने खेल्ने रमाउने कलिलोथ्यो उमेर ।
भाग्यको नै खेल होला प्रदेश ल्यायो घुमेर ।।

सधै आउछ चाडपर्व जानुपर्ने साहु ।
हृदयमा नमेटिने आमा छ नि मेरो घाउ ।।

मलमपट्टी लाउन भनी यो दुखेको घाउमा ।
पसिनामा पैसा साट्दै आमा यो बिरानो ठाँउमा ।।

प्रदेशमा छु नि आमा छैन दिने पानी ।
यसै बित्यो प्रदेशमा मेरो जिन्दगानी ।।

दाजुभाइ दिदीबहिनी छन् नि सबै काखमा ।
यताउता खोज्छेउ होला आमा तिम्रो साथमा ।।

छोराछोरी घरपरिवार आउछ याद सबको ।
यो पिडालाई कसो गरि बुझाउ आमा मनको ।।

आखा बाट आउँछ आशु भेल सरी बगेर ।
तिमी पनि रुन्छेउ होला आमा छोरी खोई भनेर ।।

बादल छायो पानीपर्यो घामलागे घमाईलो ।
कोहि छैन साथमा आमा के लाग्थ्यो र रमाइलो ।।

आउँछन् होला ईष्टमित्र साथी भाई ।
आमा कति रुन्छेउ होला सम्झेर मलाई ।।

कति मिठो पबित्र छ आमा तिम्रो नाम ।
बाटो हेर्दै हौली आमा छोडी सबै काम ।।

छिटै फर्कि आउनेछु आमा बाचा गरे मैले ।
आशु भयो भरी मन गरुङ्गो बिदा लिए अहिले ।।।

कमला पाण्डेय तिवारी
हाल:इजरायल


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पातलो ढंगले धम्की दिएका छन्, यदि उनी कीभसँगको द्वन्द्वमा…

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविराम पछि २६ पश्चिमी देशहरूले युक्रेनमा सेना तैनाथ गर्न सहमत भएको बताएका छन्। म्याक्रोनका अनुसार, यी…

जेरुसेलम: इजरायलका अति-दक्षिणपन्थी अर्थमन्त्रीले बुधबार भने कि कब्जा गरिएको पश्चिम किनारको भूभाग कब्जा गर्न नक्सा बनाइँदैछ, प्यालेस्टिनीहरूले राज्यको लागि खोजिरहेको…

प्रतिकृयाहरू
...