Thursday 23rd July 2026

बदर अल समा मेडिकल सेन्टरले ड्राइव-थ्रु पीसीआर स्वाब लिने सेवा शुरू गर्यो


तीतोपाटी – कुवेतमा सर्वसाधारणलाइ गुणस्तरिय र सस्तो स्वास्थ्य सेवा प्रदान गर्दै अाएको बदर अल समा मेडिकल सेन्टरले कुवेतको फरवानियामा ड्राइव-थ्रु पीसीआर स्वाब लिने सेवा शुरू गरेको छ । ड्राइव थ्रु सेवा शुरू भएपछि पीसीआर स्वाब परिक्षणको लागि अब ल्याबमा गइरहनु पर्ने झण्झट हराएको छ ।

फरवानिया सिटीमा रहेको बदर अल समा मेडिकल सेन्टरले जनाए अनुसार अस्पतालको ड्राइव थ्रु काउन्टर बिहान ६ बजे देखि बेलुकी छ बजे सम्म खुला रहनेछ भने यो सेवा शुरू भएपछि अस्पतालमा भिडभाड कम हुने र सेवाग्राहीहरूको समयको पनि बचत हुनेछ। दक्ष ल्याब टेक्निसियनहरू स्ट्यान्डबाइ रूपमा काउन्टरमा बसिरहने भएकोले सेवाग्रहीहरूले ड्राइविङ गरेर काउन्टरसम्म पुगी सवारीबाट बाहिर नै ननिस्कीकन पीसीआर परिक्षणको लागि स्वाब दिन सक्नेछन् ।

कोभिड-१९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर संचालन गरिएको उक्त ड्राइव थ्रु स्वाब परिक्षण शुल्क जम्मा २८ कुवेती दिनार लाग्नेछ भने स्वाब परिक्षण गर्न दिएको २४ घण्टा भित्र परिक्षण प्रतिवेदन (PCR Report) प्राप्त गर्न सकिने अस्पतालले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...