Wednesday 23rd July 2025

‘आफन्त’का नितान्त राजनीतिक समसामयिक ५ मुक्तकहरू


१,
भन्दै थियो साथी पनि, ह्या यो कस्तो राजनिती
खुलामन्च हांस्दै भन्छ, ज्या यो कस्तो राजनीति
टुप्पैमा पुगेकाको लाज, थाहा छैन केले ढाक्छ
भन्नै पनि लाज लाग्ने, छ्या यो कस्तो राजनिती ।।
२,
सहिदका सपना रद्दिको, डल्लो बनाए यहाँ
कसरी भनौं लोकतन्त्र नै, झल्लो बनाए यहाँ
कुलङ्घारहरुको दिनहुँको, रडाको र कचकच
तीन बर्ष नपुग्दै संबिधान, खल्लो बनाए यहाँ ।।

३,
देख्नु भयो नि ए दाजै, पारा छेपारेहरु’को
जता ढल्क्यो डाली उतै, आरा बेसारेहरुको
ढलिमली सत्ता उनैको, उनैको बसीबसी भत्ता
के विश्वाश गर्नु र राजै, दारा चेपारेहरु’को ।।

४,
न ईज्जत नै राखे काला, कोटको तिनले
न भरोशा दिए जनताको, भोटको तिनले
खै कस्ता मान्छे छिरेछिरे, सम्सदमा पनि
केवल रङ्ग चिने ती राता, नोटको तिनले ।।

५,
भोलि कानुनका, किताब खोज्नेछन् जनताले
अत्याचारमा छन्, निसाफ खोज्नेछन् जनताले
के कति भ्रस्टचार गरे, के कति हिनामिना
पक्कै एक दिन, हिसाब खोज्नेछन् जनताले ।।

-श्रीभक्त पौडेल”आफन्त”
रामपुर चितवन, हालः स्पेन ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानमा नवविवाहित जोडीको त्रासदीपूर्ण हत्या गर्ने ११ जना संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ क्यूएट्टा, पाकिस्तान, जुलाई २१, (एपी): दक्षिणपश्चिम पाकिस्तानको…

"यदि तपाईं शान्ति चाहनुहुन्छ भने, तपाईं युद्धको लागि तयार हुनुपर्छ।" यो भनाइ सत्य हो, कम्तिमा युरोपेली देश स्विट्जरल्याण्डको सन्दर्भमा। स्विस…

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर…

प्रतिकृयाहरू
...