Wednesday 4th June 2025

कुवेतमा रोल्पाका दिलीप सिंह बुढामगरको मृत्यु


हरी कृष्ण न्यौपाने- आरखोला-५, रोल्पा घर भई कुवेतमा कार्यरत दिलिप सिंह बुढामगरको मृत्‍यु भएको छ। बुढामगरको स्वास्थ्यमा समस्या आए पछी कुवेतको आदान अस्पातल लाँदै गर्दा मार्च-७ आईतवार,२०२१ का दिन मृत्‍यु भएको हो ।

नेपाली राजादूताबास कुवेतका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले बुढामगरको मृत्‍यु बारे प्रारम्भिक जानकारी आएको बताए। सिलवालले भने” मृतकको विवरण हेर्दा सन २०१९ जुन १६ तारिक श्रम स्विक्रिती लिएको देखिन्छ। मृतक कुवेतको एक कन्ट्र्याक्टिङ एन्ड क्लिनिङ कम्पनीमा सामान्य कामदारको रुपमा आएको देखिन्छ भने केही समय देखी कम्पनीबाट भागेर अवैधानिक रुपमा काम गर्दै आएको जानकारी आएको छ। मृतकको परिवार संग सम्पर्क भैसकेको र दुतावासले आबश्यक कानुनी प्रकृया शुरु गरी सकेको छ।”

कुवेतमा मृत्‍यु भएका राहदानी नं-१०८००६३७का ३४ बर्षिय दिलिप सिंह बुढामगरको घरमा श्रीमती र तीन छोराहरु रहेका छन।


सम्बन्धित शीर्षकहरु

पुष्कर अथक रेग्मी झोले भन्यो यहाँ 'को' ले ।१। गृह अर्थ गुह्य खोले।२। कठै बरा पूर्वे गोले ।३। मर्ने बेला…

देशको लागि काम गर्ने मान्छे तनावमा छन भ्रष्ट र दलालले देशमा शासन गरेका छन लुटेर खानेलाई देश चाहिदो रहेछ दुई…

लुलु हाइपरमार्केटले कुवेतमा LOT – द भ्यालु शप को शुभारम्भ गरेको छ । LOT – द भ्यालु शपले कुवेतको लुलु…

प्रतिकृयाहरू
...