Thursday 27th August 2026

बालुवाटारमा ओलीले राखे एमालेको बैठक, अध्यक्ष र महासचिवबाहेक पदाधिकारी खारेज


प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका दुई केन्द्रीय कमिटी बैठक गरेका छन्। बैठकमा सहभागी एमाले केन्द्रीय सदस्य राजेन्द्र गौतमका अनुसार आज बालुवाटारमा एमालेको १० औं र ११ औं केन्द्रीय समिति बैठक बसेका हुन्।

‘बैठकले अध्यक्ष र महासचिवबाहेक पदाधिकारी खारेज गरेर महाधिवेशन आयोजक समिति बनाएको छ,’ गौतमले सेतोपाटीसँग भने। त्यसका लागि आजको बैठकले पार्टीको विधान पनि संशोधन गरेको उनले बताए। आजकै बैठकले चैत ७ गते अर्को केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको गौतमले बताए। प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाल पक्षलाई जानकारी नै नदिई बैठक गरेका हुन्।

पूर्वमाओवादी नेताहरूलाई केन्द्रीय सदस्य बनाउनेलगायतका निर्णय गरेको शुक्रबार बैठकबारे आफूहरूलाई कुनै जानकारी नै नभएको नेपाल पक्षका नेता तथा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए।’उहाँहरूले के-को बैठक गर्नुभएको हो। हामीलाई जानकारी दिइएको थिएन,’ ज्ञवालीले भने,‘के-के निर्णय गर्नुभयो रे भन्ने मिडियाबाट सुनेको छु। साथीहरूसँग सल्लाह नगरी अहिले केही भन्न सक्ने अवस्थामा छैन।’बालुवाटारको बैठकले कर्णाली प्रदेशका इन्चार्ज रहेका ज्ञवालीको पनि जिम्मेवारी खोसेको छ।सर्वोच्च अदालतको पुस २३ गतेको फैसलाले पहिला खारेज भइसकेका नेकपा (एमाले) र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...