Saturday 12th September 2026

हमालसँग सहकार्यको तयारीमा धिरेन, भन्छन्–‘हाम्रो सम्बन्ध विग्रिएको थिएन’


नायक धिरेन शाक्यले चलचित्र निर्माण गर्ने तयारी गरेका छन् । कोरोनाको अघि नयाँ कलाकारसँग काम गर्ने तयारीमा रहेका धिरेन अब भने पुराना चल्तीका कलाकारसँग सहकार्य गर्ने मुडमा पुगेका हुन् ।एक समयका चर्चित नायकले द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीसँग मिलेर चलचित्र बनाउन लागेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै धिरेनले भने–‘राजेन्द्र पनि पुराना कलाकारलाई लिएर चलचित्र बनाउने सोचमा थिए । हाम्रो सोच मिलेपछि सहकार्य गर्ने तयारीमा लागेका हौं ।’ कोरोनापछि माहोल राम्रो बन्दै गयो भने चलचित्रको काम अगाडि बढाउने उनको योनजा छ ।

धिरेनले भने–‘यो चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ र मैले काम गर्ने गरि अगाडि बढ्ने सोच मेरो छ । दर्शकहरुले पनि हामी पुराना कलाकारलाई एकसाथ पर्दामा हेर्न चाहनुभएको छ । हामी एकसाथ आयौं भने दर्शकले रुचाउनुहुनेछ भन्ने विश्वास छ ।’

धिरेनका अनुसार, दर्शकले उनी र राजेश हमालको केमेष्ट्रीलाई निकै रुचाएका थिए । दर्शकको यही चाहना पुरा गर्नका लागि सहकार्यको तयारी थालेको धिरेन बताउँछन् । चलचित्रमा शिव श्रेष्ठलाई भने अतिथी भूमिकामा लिने उनको सोच छ ।राजेश र धिरेनले ‘सिमाना’, ‘भिष्मप्रतिज्ञा’ जस्ता सफल चलचित्रमा काम गरेका थिए । अब आफू र राजेन्द्र खड्गी छलफलमा बसेर काम अगाडी बढाउने धिरेनले बताए ।

बजारमा राजेश र धिरेनको सम्बन्ध राम्रो नभएको हल्ला भएपनि त्यो हल्लामात्र भएको धिरेनले बताए । आफूहरुको प्रस्ताव राजेशले स्विकार गर्नेमा आशावादी रहेको धिरेनले बताए । उनले भने, –‘राम्रो कथा बनाएर प्रस्ताव राख्यो भने राजेशजीले स्विकार गर्नुहुन्छ भन्ने आश छ ।’

धिरेन शाक्य पुराना कलाकार लिएर चलचित्र बनाउँदा विदेशमा पनि राम्रो माग हुने बताउँछन् । उनले भने–‘चलचित्रको छायांकनका लागि चाहिने सामाग्री सबै आफैसँग । यसैले पनि चलचित्र बनाउन सहज हुन्छ । राजेन्द्र पनि जोडिएपछि चलचित्र एक्सनप्रधान हुने भैहाल्यो ।’

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको पालावान प्रान्तस्थित कोरोननजिकै यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। फिलिपिन्स कोस्ट गार्डले जलेको एमभी…

खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने…

दक्षिण अमेरिकी देश चिलीको एल एडेन वृद्धाश्रममा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटना पित्रुफक्वेन क्षेत्रमा शुक्रबार…

प्रतिकृयाहरू
...