Saturday 11th October 2025

साबधान! कुवेतमा तपाइको बैंक खाताबाट पैसा चोरी होला नि


हरि कृष्ण न्यौपाने- कुवेतको केन्द्रिय बैंक(सेन्ट्रल बैंक अफ कुवेत)ले एक बिज्ञप्ती जारी गर्दै आफ्नो बैंक खाता र कार्डको सम्पूर्ण जानकारी सुरक्षित र गोप्य राख्न सम्पूर्ण सर्बसाधारणलाई आबहान गरेको छ।

पछील्ला केही दिनमा बैंक कार्ड मार्फत सम्बन्धित ब्यक्तिको बैंक खाता र अन्य जानकारी अरुले लिएर धेरै कुवेती तथा आप्रबासी नागरिकहरुको बैंक खाताबाट पैसा चोरी भए पछी कुवेतको केन्द्रिय बैंक(सेन्ट्रल बैंक अफ कुवेत)ले आफ्नो वेबसाइट र बिभिन्न संचार माध्यामबाट सबैलाई सचेत रहन आग्रह गरेको हो।

उक्त बिज्ञप्तीमा भनिएको छ”बिषेश गरी तपाईंले बैंक कार्ड(केनेट) मार्फत कुनै पनि ठाउँमा पैसा तिरी सके पछी उक्त सपिङ सेन्टर वा ब्यापारिक केन्द्रलाई उसको सिस्टम(पोइन्ट अफ सेल्स)मा तपाईंको बैंक कार्डलाई स्वाइप गर्न नदिनु होला,जसले तपाईंको बैंक खाता सम्बन्धी सम्पूर्ण सुचना लिनेछ र कसैले गलत प्रयोग गर्न सक्नेछ।”

यसै गरी गत महिना मात्र कुवेतको केन्द्रिय बैंक(सेन्ट्रल बैंक अफ कुवेत)ले एक बिज्ञप्ती निकाल्दै”टेलिफोन र ईमेल मार्फत तपाईंलाई ठुलो राशीको पुरस्कार पर्‍यो, केही पैसा बैंक कार्ड मार्फत तिर्नु होला” भन्ने झुटो आश्वासन दिने देखी सचेत रहदै आफ्नो बैंक खाता वा बैंक कार्डको जानकारी सुरक्षित राख्न अनी आफ्नो पासवर्ड र बैंक खाता नं अरुलाई नदिन सुचित गरेको थियो।


सम्बन्धित शीर्षकहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

प्रतिकृयाहरू
...