Monday 7th September 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – ९


गजल

सदन भित्रै मारामार, तानातान भयो किन ?
सुख शान्ति समृद्धिको, कुरा उखान भयो किन?

साथीभाई आफन्त मै घोचपेच डाहा ईर्श्या,
जस्को शक्ति उस्को भक्ति हानाहान भयो किन?

कैले सडक आन्दोलन कैले बन्द हडताल गरि,
दुख कष्ट दिने काम जानाजान भयो किन?

नियम कानुन सुशासन बिर्सियौ कि नैतिकता,
कानुनको दुरुपयोग, अपमान भयो किन ?

बढ्दै गयो बेथिति नि कतै छैन चाल निको,
प्रतिगमन मार्ग तिर देश उठान भयो किन ?

प्रतिमा शिवाकोटी
कालिन्चोक गा पा ८,सुनखानी दोलखा
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...