Saturday 20th June 2026

‘विद्युत प्रसारण र वितरणको सञ्जाल पर्याप्त छैन’ : हितेन्द्रदेव शाक्य


तितोपाटी- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत वितरणको सञ्जाल पुरानो र अपर्याप्त रहेको बताएका छन् ।

विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले विद्युतको आपूर्ति यथेष्ट भएपनि विद्युत प्रसारण र वितरणको सञ्जाल पर्याप्त नभएको बताएका छन् । उनले आर्थिक स्रोत साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपूर्ण रहेको बताए । उनले विद्युत्को माग तथा खपत बढाउनको लागि प्रसारण र वितरणमा पनि लगानी बढाउनु पर्नेमा जोड दिए ।

कार्यकारी निर्देशक शाक्यले वितरण ट्रान्सफर्मर, वितरण सञ्जाल, ट्रान्सफर्मर स्टेशन, ट्रान्समिशन लाइन धेरै बनाउनु पर्ने अवस्था रहेको र त्यसका लागि प्राधिकरणको क्षमता कमजोर भएको बताए । उनले विद्युत् प्रसारण तथा वितरण र खपत लगायत समग्र समस्या समाधानका निम्ति छुट्टै ब्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...