Saturday 20th June 2026

दाहाल-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा


तितोपाटी- नेकपा दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जसअन्तर्गत फागुन ६ गते प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर प्रदर्शन गर्ने घोषणा गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै फागुन ५ गतेदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरुमा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रम गर्ने निर्णय भएको पनि नेता श्रेष्ठले बताए ।

यस्तै फागुन ७ गते देशव्यापीरुपमा सबै पालिकाका वडाहरुमा वडास्तरीय विरोध कार्यक्रम गर्ने सो समूहले घोषणा गरेको छ । फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध बृहत् अनतरक्रिया कार्यक्रमसमेत गर्ने नेता श्रेष्ठले जानकारी दिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा दाहाल-नेपाल समूह निरन्तर संघर्षमा छन् ।
दाहाल-नेपाल समूहले केन्द्र, प्रदेश र स्थानीय तहसम्म विरोधक कार्यक्रम गर्दै आएको छ । देशका प्रमुख शहरमा दाहाल-नेपाल समूहले शक्ति प्रदर्शन समेत गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...