Saturday 20th June 2026

इतिहासका कर्मले बाबुराम र मलाई अलग हुन दिँदैन : प्रचण्ड


तितोपाटी- नेकपा प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरूको कथा’ विमोचन गरेका छन् ।

जनयुद्ध दिवसको अवसर पारेर बालुवाटारस्थित एक पार्टी प्यालेसमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा मञ्च सेयर गर्दै प्रचण्डले आफूहरू अहिले पनि एउटै मोर्चामा रहेको बताए । प्रचण्डले अहिले आफ्नो पार्टी फरक भए पनि इतिहासका कार्यहरूले डा. भट्टराई र आफूलाई अलग हुन निदिने बताए ।
‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौँ । तर, मुद्दाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौँ,’ उनले भने, ‘इतिहासको आफ्नो कर्मको कारणले हामी अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो हाम्रा आफ्ना कर्मले हामीलाई नजिक ल्याई नै राख्छ। हामीलाई अलग हुन दिँदैन ।’
हजारौँ सहिद, घाइते र बेपत्ता भएका योद्धाहरूले आफूहरूलाई अलग हुन नदिने पनि उनको भनाइ थियो । उनले ‘गुमनाम आमाहरूको कथा’ भित्र रहेका रचनाहरूले हिजोका स्मरण, अनुभव, अनुभूति ताजा भएर आएको बताए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुस्तकमा समाजको चित्र प्रस्तुत गरिको बताए । राष्ट्रिय आत्मविश्वासको संकट परेको उल्लेख गर्दै सबैका प्रतिनिधिहरूको निर्णायअनुसार सरकार चल्नुपर्ने बताए ।
कार्यक्रममा जसपाका वरिष्ठ नेता अशोक राई र लेखक/विश्लेषक तुलानारायण शाहलगायतको सहभागिता रहको थियो । फाइन प्रिन्टद्वारा प्रकाशित उक्त पुस्तकमा भट्टराईले जनयुद्धकालीन प्रशंगहरूलाई रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

प्रतिकृयाहरू
...