Monday 26th January 2026

झाँक्री पक्राउपछि बाबुराम भट्टराईको आक्रोस, ‘अब सरकारको मिति पुगेकै हो ?


तितोपाटी- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ विरुद्धमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विरोध गरेका छन् । उनले झाँक्रीलाई राज्यविरुद्धको कसुर आरोपमा प्रहरीले आज पक्राउ गरेपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारप्रति आपत्ति जनाएका हुन् ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता दिएको तर राष्ट्रपतिले त्यसलाई उल्लंघन गरेको भट्टराईले आरोप लगाएका छन् । भट्टराईले लेखेका छन् , ’ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ ! नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता” नै दिन्छ । “संविधानको पालन र संरक्षण” गर्नु पर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?’

राष्ट्रपतिविरुद्ध गाली गलौज र मानमर्दन हुने गरि अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार नेकपाको दाहाल–नेपाल समूहकी नेतृ झाँक्रीलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो । पक्राउपछि झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...