Wednesday 25th March 2026

ओलीलाइ प्रचण्डको चेतावनी: १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्नुनपरोस्


तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ओलीलाई चेतावनी दिँदै अर्को पटक १० लाख जनता लिएर सिंहदरवार र बालुवाटार घेर्ने बताएका छन् । बुधबार ओलीको प्रतिगामी कदमको विरोधमा आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले ओलीले अब जनताका पीडा नबुझ्ने हो भने सिंहदरबार र बालुवाटार घेर्ने बताएका हुन् ।

ओलीले माधव नेपाल र आफु लगायतका धेरै नेताहरुलाई झुठ कुरा गरेर र ढाँटेर गल्ती गरेको भन्द्यै केपी ओली ठगी धन्दामा लागेको बताए । उनले ओलीको प्रतिगामी कदम पछिको अवस्था सर्वोच्च अदालत र न्यायाधीशहरुले समेत हेरेको भन्दै सर्वोच्च अदालतले न्याय, संविधान र लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास रहेको बताए ।
‘लाखौं जनताको उपस्थिति सर्वोच्च अदालतका न्यायाधीशले पनि राम्रोसँग देख्नुभएको छ। जनताले के चाहेका छन्, यो जनभावनालाई हेर्नुभएको छ र ढिलो नगरी लोकतन्त्र र संविधानको पक्षमा फैसला दिनुहुनेछ’ प्रचण्डले भने। उनले जनताको भावनाविपरित केही काम गरियो भने दूर्भाग्य हुने चेतावनी पनि दिए । ‘शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ र ?’ उनले प्रश्न गरे ।

दाहालले आफुहरु कानुनी राज्यको मान्यतामा दृढ रहदै नयाँ संविधान बनाइएको बताए । तर त्यहाँ राजनीतिक स्थयित्व र जनताको हित भएन भने आँधी हुरी चल्ने प्रचण्डले चेतावनी दिए ।
यदि यो जनताको भीड बेवास्ता गरेर सर्वोच्चले फैसला गरे देशमा आँधीहुरी आउँछ। देशमा फेरि शान्तिपूर्ण क्रान्ति हुन्छ, ‘ग्रिन रिभोल्युसनु हुन्छु, उनले भने, ‘१० लाख जनता ल्याएर बालुवाटार र सिंहदरबार घेर्न आउनु नपरोस्।’

उनले राममन्दिर र अयोध्या बनाउने हो भने अनुसन्धान गरेर गर्न ओलीलाई चुनौती दिँदै भने, ‘तपाईंका नाटक तीन वर्षमा मैले चिने। पुरातात्विक अनुसन्धान गराउनुस्, मेरो विरोध छैन तर, तपाईंले ठुलो गल्ती गर्नुभयो केपीजी ।’ उनले गलत व्यक्तिका हातमा नेतृत्व गएको भन्दै अब त्यस्तो हुन नदिने बताए ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...