Wednesday 17th December 2025

कतार विश्वकपको सुरक्षाका लागि नेपालीलार्इ लैजाने तयारी


तितोपाटी – गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि बेलायती र कतारी राजदूतले छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा नेपालका लागि कतारी राजदुत युसुफ बिन मोहम्मदले गृहमन्त्री थापासँग मंगलबार अपरान्ह भेटवार्ता गरे ।

भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदुतसँग जानकारी लिएका थिए । साथै सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरेको गृहमन्त्रीको सचवालयले जनाएको छ ।

राजदुत मोहम्मदले नेपाल र कतार कुटनीतिक सम्बन्ध यो वर्ष ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरे । उनले सन् २०२२ मा विश्वकप फुटवलको आयोजना गर्न गईरहेको सन्दर्भमा सुरक्षागार्डमा ठुलो संख्यामा नेपालीहरुलाई लैजान कतार इच्छुक रहेको र त्यसका लागि आवश्यक परे छुट्टै सम्झौता गर्न तयार रहेको बताए ।

कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

प्रतिकृयाहरू
...