तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् ।
ढल्केबर सवस्टेसनको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएकै समयमा निर्वाचन हुने दावी गर्दै सबैलाई तयारी रहन समेत आग्रह गरेका छन् ।
‘२०७८ साल वैशाख १७ र २७ गते चुनाव हुन्छ । तपाईंहरू त्यो दिनको तयारी गर्नुहोस् । तयार भएर बस्नुहोस् । एक दिन पनि पर सर्दैन’, प्रधानमन्त्री ओलीले भने ।
उनले भने, “चुनाव नहोस् भनेर निर्वाचन आयोगलाई धम्की दिइरहेका छन् । निर्वाचन आयोगको काम निर्वाचन गराउने हो र गराउनु पर्छ । हामी सानातिना कुरामा अल्झिएर बस्दैनौँ । अब नयाँ सिराबाट देश बनाउँनतिर लाग्छौँ, पार्टी बनाउँछौँ । चुनावमा गएर नयाँ सरकार बनाउँछौँ ।”