Monday 26th January 2026

नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक


तितोपाटी- पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको छ । नेकपाले भोलि (सोमबार)का लागि बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्ने पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकको एजेन्डाबारे जानकारी नभएको उनले बताए ।

सरकारले प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाखमा निर्वाचनको घोषणा गरेपछि नेकपा सडक संघर्षमा छ । गएको पुसमा बसेको केन्द्रीय कमिटी बैठकले प्रधामन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको थियो ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...