Friday 25th July 2025

बौदीकालीको बजेट २७ करोड १६ लाख


तिताेपाटी – नवलपरासी बौदीकाली गाउँपालिकामा आर्थिक बर्ष २०७५/०७६का लागि २७ करोड १६ लाख ९६ हजार ४सय ८५ रुपैया बराबरको योजना तथा कार्यक्रम गाउँपालिकाको तेस्रो गाउँसभामा प्रस्तुत गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाको अध्यक्षतामा भएको गाउँसभामा योजना र कार्यक्रम गाउँपालिका उपाध्यक्ष मायादेबी श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । “खानेपानी,कृषि,पर्यटन र पुर्वधार:बौदीकाली बिकासको दिगो आधार “भन्ने गाउँपालिकाको नाराका साथ सम्पन्न गाउँ सभामा आर्थिक बिकास तर्फ ९४ लाख ८ हजार अर्थात ३.४९ प्रतिशत,सामाजिक बिकासमा ५ करोड ७१ लाख २१.०२ प्रतिशत,पुर्वाधार बिकास तर्फ २ करोड ९५ लाख ३० हजार १०.८७ प्रतिशत यसैगरी वातावरणमा ७३ लाख ९० हजार यानिकी २.७२ प्रतिशत र संस्थागत बिकासका लागि १६ करोड ८१ लाख ८६ हजार ४ सय ८५ रुपैया अर्थात ६१.९० प्रतिशत बजेट बिनियोजन गरिएको छ ।

बजेटले गाउँपालिकाको खानेपानी,कृषि,पशुपालन,संस्कृती,वातावरण,पर्यटन र अध्यन अनुसन्धानको क्षेत्रलाई बिशेष जोड दिदै गाउँपालिका भित्र रहेका पर्यटकिय क्षेत्रको पहिचान र बिकासका लागि समाबेश गरेको छ ।

यसै गरि गत आर्थिक बर्षमा सम्पन्न हुन नसकेको योजना र कार्यक्रमलाई निरन्तरता दिदै गुरुयोजना सम्भाब्यता अध्ययन,सिपमुलक तालीम योजना ब्यबस्थापन र लक्षित कार्यक्रमलाई प्राथमिकता र निरन्तरता दिईएको छ ।

बजेटले महिला,दलित,आदिवासी,जनजाति,अपांग,बालबालिका,जेष्ठ नागरिक,युवालाई समेत समेटेको छ । गाउँपालिकाको सभाहलमा भएको बौदीकाली सुस्ता पुर्व नवलपरासीको गाउँ सभाको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले गर्नुभएको हो ।


सम्बन्धित शीर्षकहरु

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

मध्यपूर्वको नम्बर एक खुद्रा विक्रेता लुलु हाइपरमार्केटले अलराई आउटलेटमा जुलाई २३ मा आफ्नो अलराई आउटलेटमा आफ्नो बहुप्रतीक्षित भारतीय आँप महोत्सवको…

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। आगामी २५…

प्रतिकृयाहरू
...