Saturday 20th June 2026

वैदेशिक रोजगरीमा पठाउने भन्दै ठगी गरेको आरोपमा पोखरामा युवक पक्राउ


 वैदेशिक रोजगारिका लागि पठाउने भन्दै ठुलो रकम ठगी गरेको आरोपमा पोखराबाट एक युवालाइ प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारिका लागि क्यानडा पठाउने भन्दै ३३ जना व्यक्तिबाट मोटोरकम उठाएर ठगी गरेको उजुरीका आधारमा प्रहरीले युवालाइए पक्राउ गरेको हो ।

ठगी गर्ने नियतले क्यानडा पठाइदिने भन्दै रकम उठाएको जाहेरीको आधारमा पर्वत मोदी गाउँपालिका घर भई पोखरा ३० शिसुवा बस्ने धिरज कुमार विश्वकर्मालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
विश्वकर्माले आफू विगत लामो समयदेखी विदेश बसेको र युरोप,क्यानडा लगायतका देशमा रोजगारीका लागि धेरैलाई पठाइसकेको भन्दै ९० लाख ७१ हजार उठाएर ठगी गरेको उजुरी परेको डिएसपी हमालले बताए । विश्वकर्माले पीडित व्यक्तिलाई विभिन्न सहकारी र बैङ्कहरूको चेक समेत दिएको उनले बताए ।

ठगी आरोपमा पक्राउ परेका विश्वकर्मालाई मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...